Logo

तीन दिनको मौसम पूर्वानुमानः भारी बर्षाको सम्भावना



काठमाडौं, २९ जेठ । देशभर आगामी तीन दिन आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा बर्षाको सम्भावना छ । शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाकोसमेत सम्भावना छ ।

महाशाखाका अनुसार साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्