४ असार : अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । त्यहाँ सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ ।
अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् ।
यसै कारणले गर्दा अफगानिस्तानको राजधानी काबुलमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल खुलेको छ ।सो कुराको जानकारी अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले शुक्रबार दिएको हो ।
यसअघि पनि काबुलमा कोरोना भाइरसको मात्र उपचार गर्ने तीन वटा अस्पताल रहेकोमा यो समेत गरी त्यहाँ कोरोनाका ४ वटा अस्पताल पुगेको पनि अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले जनाएको छ ।
शुक्रबार काबुलमा अफगान–इन्डोनेसिया अस्पतालको उद्घाटन भएको सो मन्त्रालयले जनाएको छ । उक्त अस्पताल ५० शैयाको रहेको छ ।यो अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल भएको र त्यहाँ कोभिडका गम्भीर प्रकृतिका विरामीहरुको उपचार गर्ने बताइएको छ ।
बिहीबार मात्र पनि अफगानिस्तानमा २४ घन्टाभित्र दुई हजार जना भन्दा बढी कोरोनाका सङ्क्रमित भेटिएका थिए । त्यसैगरी बिहीबार यहाँ १०१ जनाको कोरोना सङक्रमणबाट निधन भएको थियो । यहाँ अहिलेसम्म ९८ हजार जना भन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।
साथै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट अफगानिस्तानमा ३ हजार ९४३ जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।-सिन्ह्वा/Photo: Agency