Logo

मन्त्रिपरिषद् बैठक: एआइजी सरुवाको निर्णय गर्ने



काठमाडौं, २४ असार । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका एआइजीहरुको सरुवा गर्ने बुझिएको छ । बिहिबार साँझ बस्न लागेको बैठकले ५ जना एआइजीहरुको सरुवाको निर्णय गर्ने भएको हो । प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय हुँदै प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकोमा बैठकले निर्णय गर्न लागेको हो ।

दरबन्दी सृजना गरी बढुवा गरिएका एआइजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापना गर्ने बुझिएको छ ।

वरिष्ठतम एआइजी हरि बहादुर पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट प्रहरी प्रतिष्ठानमा सरुवा गरिन लागेका छन् । उनको स्थानमा निरजबहाुदर शाहीलाई ल्याउने प्रस्ताव गएको छ ।

कार्य विभागमा प्रधुम्न कार्कीलाई लाने प्रस्ताव गएको छ । मानव स्रोत तथा प्रशासन विभागमा विश्वराज पोखरेललाई लाने प्रस्ताव गएको छ । पोखरेल भावी आइजीपीका प्रबल दाबेदार हुन् ।



प्रतिक्रिया दिनुहोस्