Logo

२० प्रतिशतको प्रावधान राखेर दल विभाजनसम्बन्धी अध्यादेश आउँछ, हामी पर्सी सरकारमा जान्छौं : मेटमणि चौधरी



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा जुटेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यसको लागि सरकारले आज भोलि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको पनि खुलासा गरे । सरकारले आफूहरुकै सल्लाह अनुसार अध्यादेश ल्याउन लागेको पनि उनले बताए ।

अब आउने अध्यादेशमा दल विभाजनको लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिने उनको भनाई छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर २० प्रतिशत केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेको पनि चौधरीले जानकारी दिए । एमाले विभाजन हुँदा दोस्रो तहका नेताहरु तत्काल नआउनेपनि उनले जनाए ।

तर, पछि उनीहरु पनि आउने सहमति भएको उनको भनाई छ । सरकारले अध्यादेश ल्याए नयाँ पार्टी गठनको लागि आफूहरु तयारी अवस्थामा रहेको चौधरीको भनाई छ । यही हप्ता सोमप्रसाद पाण्डेको नेतृत्वमा आफूहरु सरकारमा सहभागी हुने पनि उनले जनाए ।

सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो अवेर राति पार्टी एकताको पक्षमा उभिन अपिल गरेका छन् । र, आजै पार्टीको स्थायी कमिटी र संसदीय दलको बेठकसमेत राखेका छन् । बैठकमा सहभागी हुनको लागि माधव नेपालसहित नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्