Logo

अरब मुलुका राजनितिक दलले भन्यो–कोरोना उत्पत्तीबारे राजनीति भइरहेको छ



एजेन्सी, १० भदौ । इजिप्ट, ट्युनेसिया, प्यालेसटाइन, इराकलगायत १३ वटा अरब मुलुकका २८ राजनीतिक दलले चीनलाई सपोर्ट गर्दै कोरोना भाइरस उत्पत्तीबारे पश्चिमी मुलुकले राजनीति गरिरहेको बताएका छन् । इन्टरनेश्नल डिपार्टमेन्ट अफ चिनियाँ कम्युनिस्ट पार्टीको अनलाई मिटमा उक्त देशहरुले चीनलाई सपोर्ट गर्दै पश्चिमी मुलुकले षड्यन्त्र र राजनीति गरिरहेको बताएका हुन् ।

उनीहरु कोरोना भाइरस उत्पत्तीबारे चीनलाई साथ दिने र निश्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका थिए । अनलाईन मिटमा चिनियाँ पार्टीकाअधिकारी झु रुईको भनाईलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ,‘कोरोना उत्पत्तीबारे अमेरिकाले आफ्नो गुप्तचर निकायले राजनीति गरिरहेको छ । सही ढंगले छानविन गर्नुपर्ने ठाँउमा उनीहरुले निरन्तर चीनमाथि आरोप लगाइरहेको छ । मिथ्याकै आधारमा अमेरिकाले चीनलाई कोरोना उत्पत्तीबारे दोषी बनाइरहेको छ । यसको कुनै प्रमाण अहिलेसम्म पुष्टि हुनसकेको छैन् । त्यसैले हामी सही छानविन गर्न र राजनिति नगर्न अरबले सहायता गर्ने विश्वास छ । यसले कोरोनाको उत्पत्तीबारे सही छानविन गरि विश्वलाई भाइरससँग जुध्न मद्दत गर्छ ।’

मिटमा अरब राष्ट्रले निरन्तर चीनलाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्ता गरको छन् । उनीहरुका अनुसार यस्तो मानविय क्षती पुर्याउने भाइरसलाई वैज्ञानिक तवरबाट निश्पक्ष छानविन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । यसलाई कुनै प्रकारको राजनिति नगर्न समेत सुझाएका छन् । अरब राष्ट्रहरुलाई कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्न चीनले निकै सहायता गरेको भन्दै आभार समेत प्रकट गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्