Logo

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो



काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो ।

खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक गोलको अग्रता लिएको थियो । त्यस्तै खेलको ६३औं मिनेटमा स्पोर्टिङ क्लबको तर्फबाट रोशन मगरले गोल गर्दै खेललाई १–१को स्थितीमा ल्याएका थिए ।

खेलको ७५औं मिनेटमा जर्सी नम्बर ७ का फेहराज राईले गोल गर्दै स्पोर्टिङ क्लब २–१मा अवस्थामा पुगेको थियो । साथै खेलको ८९औं मिनेटमा जर्सी नम्बर ९का मीलन परियारले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लब हारबाट जोगीएको हो ।दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुनेछ । छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्