Logo

अब फ्रेस ईलेक्सनमा जानू पर्छः प्रकाशमान सिंह



काठमाडौं, २४ असोज । नेपाली कांग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानू पर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौ महानगर द्दद्द वडाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै बिगतका कमी कमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको संसद प्रभावकारी बनेर चल्न् नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएपछि फ्रेस ईलेक्सनमा जानू पर्ने बताएका हुन् ।

नेता सिंहले भने, ‘झन्डै दुई तिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्याे ? विधि नमानेपछि कानुन भन्दा ममाथि बसेपछि मैले जे गरे पनि हुन्छ भनेकाले बाहिरयो भन्दै अनि ओलि सरकार असफल किन भयो भनेर जाने बुझेर फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतत्रको मुल्य मान्यता बिपरित संबिधानको धाराको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकतन्त्रका लागि गम्भीर चुनौती हो ।’

उनले गत चुनाव अगाडि आईजिपि प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभाव पर्याे भन्ने कुरा नबिर्सिन समेत अपिल गर्नु गरे । सिंहले देउवा सरकार ले यतिका दिन लगायर पुर्णता पाए पछि उठेका गम्भीर प्रश्नमाथि ख्याल–ख्याल सोच्न नहुने समेत बताएका छन् ।

नेता सिंहले पार्टी भित्रका केही मान्छेहरुका गलत कार्यको सिङ्गो पार्टीले मूल्य चुकाउनु पर्ने भन्दै पदमा बस्नेले जे मनलागो गर्ने अनि जनतामा हामीले जवाफ दिदै ढाकछोप गर्नु पर्ने अनि आफ्नै नेतालाई खुलाउने काम गर्याे भन्ने मिल्छ भन्दै कडा असन्तुष्टि ब्यक्त गरेका छन् ।
पार्टी भित्रको एउटा समूह सुरुदेखि नै आफू बिरुद्ध गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेबिको छोरा भएर विरासतको राजनीति गर्याे भन्ने आरोपको पनि कडा प्रति वाद नेता सिंहले गरेका थिए ।

आफू बाबू आमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताले जस्तै बिद्यार्थी जीवनबाटै राजनीतिक कार्यकता बनेर दःुख कस्ट संघर्ष गर्दै जेल नेल भोगेर अगाडि बडेको उनले बताएका छन् । आफू जागिर खाएर व्यापार ब्यवसायमा लागेर अनि रिटाड लाईफ राजनिती गर्न आएको हैन् भन्ने कुरा ख्याल गर्न समेत आग्रह गरे । एकथरीले पार्टी भित्रका राज कुमार भनेर हल्ला फैलाएका भन्दै राजकुमार बनेर राजनीति गर्ने गरेको भन्दै आफू कुनै राजकुमार बनेर राजनीतिमा प्रबेश नगरेको कुरा हेक्का राख्न समेत आग्रह गरे ।

आफू सभापतिको तयारिमा लागे पछि केही नियोजित रुपमा आफू बिरुद्ध गलत प्रचार गर्न लागेको प्रकाशमान लाई कहिले नेवार वाद लगाउने कहिले काठमाडौ संग मात्रै जोड्ने गरेको भन्दै यसप्रति आपति ब्यक्त गरे ।

रिटायर्ड लाईफ बिताउन राजनीतिमा लागेकाले गरेको दौडधुपलाई बुझन समेत आग्रह गर्दै आफू पटक–पटक देशका दुरदराज हिमाल पहाड तराई ७७ ओेटै जिल्ला पुगेको समेत बताए ।

नेता सिहले अवसर पायर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पुरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरा लाई आफुले सहि भन्न नसक्ने बताए ।

कांग्रेसको कमजोरीको कारण कम्यिुनिष्ट सतामा पुगेर लोकतन्त्रनै समाप्तिको बाटोमा लागेकाले अब लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्छ भन्दै बलियो कांग्रे का लागि नेतृत्व परिबर्तन अपरिहार्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्