Logo

सुडानका प्रधानमन्त्री ह्यामडोक सेनाको नजरबन्दमा



एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ गरेको केही समयमै प्रधानमन्त्री ह्यामडोकलाई पनि नजरबन्द गरेको अलजजिरामा उल्लेख गरिएय्को गरिएको छ ।

सुडानमा संकट चुलिँदै गएपछि विपक्षीले त्यहाँको सत्ता सैनिकले हात लिनुपर्ने माग गर्दै शनिबार राष्ट्रपति कार्यालय अघि प्रदर्शन भएको थियो। प्रजातन्त्रलाई सुदृढ गर्न केही समयका लागि सेना सत्ता कब्जा गर्नुपर्ने उनीहरूले माग गरेका हुन्।

सन् २०१९ मा राष्ट्रपति ओमार अल बशिरको सत्ता ढलेदेखि सैनिक र नागरिकले सत्तामा सहकार्य गर्दै आइरहेका छन्। यद्यपि सेप्टेम्बरमा बशिरका समर्थकद्वारा सत्ता कब्जाको प्रयास विफल भएदेखि तनाव झन बढेको छ। सो घटनापछि सैनिक नेताहरूले सत्ता सहकार्यमा परिमार्जन गर्नुपर्ने बताइरहेका छन्। सेनाले उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।-Photo Source: Aljazeera



प्रतिक्रिया दिनुहोस्