Logo

सेनाका जवानको हत्या सम्बन्धी मुद्दा सैनिक अदालतमा सुनुवाई कार्यान्वयन गर्न सर्वोच्चको आदेश



काठमाडौं, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र सर्वोच्च अदालतको इजलासमा बसे । अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरे । तर, जबराले एक्लै इजलास तोक्दै फैसलाहरु गरिरहेका छन् ।

आज प्रधानन्यायाधीश जबराको एकल इजलासले सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाई गर्न पठाउने चितवन अदालत र त्यसलाई सदर गर्ने पाटन उच्च अदालत हेटौंडाको आदेशलाई उल्टाइदिएको छ । अन्तरिम आदेशमा हत्यासम्बन्धी मुद्दालाई अदालतमै सुनुवाई गर्न आदेश दिएको हो ।

जिल्ला र उच्च अदालतका आदेशहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिइएको छ । नेपाली सेनाको द फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले सोही गणका हुद्दा भरत गुरुङको हत्या गरेको मुद्दा सैनिक अदालतमा सुनुवाई गर्ने फैसला जिल्ला अदालत चितवनबाट आई पुनरावेदन अदालतले सदर गरेको थियो । ७ साउनको घटनामा ब्यारेकको बन्दुक दुरुपयोग गरी हत्या भएको थियो ।

चितवनमा भएको हत्यामा यसअघि बन्दुक र गोली चोरीको अभियोग लागि सैनिक अदालतमा कोर्ट मार्सल भएका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ समेत निर्दोष ठहर भएका थिए ।



प्रतिक्रिया दिनुहोस्