Logo

‘तालिवानी शासनमा पनि आतंकवादको थ्रेट छ’



एजेन्सी, १८ कात्तिक । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपनि त्यहाँ आतंकवाद र ड्रग्सको थ्रेट देखिएको रुसी विदेश मन्त्रीकी प्रवक्ता मारिया जाखारोवाले बताएकी छिन् । उनले बुधबार अफगानिस्तानबारे यस्तो बताएकी हुन् ।

उनले भनेको विषयलाई सञ्चारमाध्यम तासले लेखेको छ,‘म दाबीको साथ भन्न सक्छु की आतंकवाद र ड्रग्स अहिलेपनि अफगानिस्तानको क्षेत्रबाट आइरहेको छ । त्यहाँ उक्त अवस्थाले समस्या निम्तिएको छ । दुखको साथको भन्नु पर्दा तालिवान सत्तामा आएपनि उक्त समस्यामा न्युनीकरण हुनसकेको छैन् । त्यहाँ अस्थिरत आउनुको मुख्य कारण अमेरिका हो ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्