Logo

यूरोप फेरि कोरोना महामारीको केन्द्रबिन्दु बन्नसक्ने



एजेन्सी, १९ कात्तिक । यूरोप फेरि कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु बन्नसक्ने खतरा औल्याइएको छ । विश्व स्वास्थ्य संगठनले यस्तो खतरा औल्याएको हो ।

यूरोपमा फेरि कोरोना भाइरसको महामारी फैलन थालेपछि डब्लुएचओले खतराको घन्टी बजाएको हो । यूरोपमा आउँदो फ्रेब्रुअरीसम्म ५ लाख बढीको मृत्यु कोरोना संक्रमणबाट हुने औल्याइएको छ । पछिल्लो चार हप्तामा कोरोना संक्रमण दर ५५ प्रतिशतले बढेको छ ।

पर्याप्त भयाक्सिन नपुग्दा महामारी फैलदै गएको उल्लेख गरिएको छ । भ्याक्सिन लगाउने दर पनि घट्दै गएको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्