Logo

प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपालबीच भेटवार्ता, ५ बजे गठबन्धनको बैठक



काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ । बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । तीन नेताबीच भएको छलफललगत्तै आज साँझ ५ बजे बस्नेगरि गठबन्धनको बैठक बोलाईएको बालुवाटार स्रोतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दियो ।

यसअघि हिजै प्रचण्डले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आज/भोलि नै गठबन्धनको बैठक बोलाईने जानकारी दिएका थिए । पछिल्लो समय एमसीसी र अदालतभित्रको विवादबारे साझा धारणा बनाउनेबारे गठबन्धनका शीर्ष नेताहरुबीच अनौपचारिक छलफल हुँदै आएको छ । आज साँझ भने गठबन्धनको बैठक बसेर नै यी दुई विषयमा साझा धारणा बनाउने तयारी भएको एक नेताले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्