काठमाडौं, २३ कात्तिक । शेयर बजारमा आज उच्च अंकको पहिरो गएको छ । मंगलबार शेयरबजार राताम्मै छ । सम्पुर्ण समुहका नेप्से सुचक घटेका छन् । मंगलबार नेप्से ७९ दशमलव ७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १६ दशमलव २ अंकले घटेर ५१२ दशमलव ८२ विन्दुमा थामिएको हो ।
साताको कारोबारको तेस्रो दिन आज २२५ कम्पनीको १ लाख ६ सय ६६ पटक कारोबार भएर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै नबिल बैंकको कारोबार भएको छ । बैंकको आज २९ करोड ८२ लाख बढीको शेयर कारोबार भएको हो ।