Logo

निमित्त प्रहरी महानिरीक्षक कार्कीबाट निर्देशन



काठमाडौं, २६ कात्तिक । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले हालै सरुवा भई आआफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन् ।
निर्देशनका क्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले साधन श्रोतको उच्चतम प्रयोग गरी शान्ति सुरक्षा कायम गर्नुका साथै प्रमाणमुखी अनुसन्धानमा जोड दिनुपर्ने बताए । कानुन कार्यान्वयनमा कुनैपनि सम्झौता नगरी जिम्मेवारी वहन गर्नुको साथै आफू मातहत प्रहरी कर्मचारीहरूको आचरण एवं व्यवहार शिष्ट बनाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न गराउन उनले निर्देशन दिए ।

निमित्त प्रहरी महानिरीक्षक कार्कीले आफ्नो ज्ञान, सीप र कौशल मातहत प्रहरी कर्मचारीहरूलाई समेत प्रवाह गर्न र आ(आफ्नो क्षेत्रको सुरक्षा चुनौतीको विश्लेषण गरी कार्ययोजनाका साथ काम गर्नुपर्ने उल्लेख गरे । वर्तमान परिवेशलाई मध्यनजर राखी परिस्थिति अनुसार आफ्नो क्षमता र व्यवसायिकता प्रदर्शन गरी सिर्जनशील काम गर्नुपर्नमा उनले जोड दिए।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा समेतले सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्