Logo

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिन आज दुबै ढोकामा धर्ना दिदै कानुन व्यवसायी



काठमाडौं, कार्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज सर्वोच्च अदालतको दुबै गेटमा धर्ना दिँने तयारी गरेको छ ।

शुक्रबार सर्वाेच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका कानुन व्यवसायीलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

शुक्रबारको धर्नामा तनावको अवस्था समेत सिर्जना भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले आज जबरालाई जसरी पनि सर्वोच्चमा प्रवेश निषेधको योजना बनाएको छ ।

प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारले जनाएको छ । अहिले बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको बारले जनाइएको छ। कानुन व्यवसायीहरु ९ बजे नै बारमा उपस्थित भएका थिए । धर्ना कार्यक्रम शुरु भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्