Logo

 ‘जसले हिन्दुराष्ट्रको मुद्दा बोक्छ, उही कांग्रेस सभापति बन्छ’



काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्रका मुद्दा बोक्ने नेता नै चौंधौं महाधिवेशनबाट सभापति बन्ने दाबी गरेका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, नेपालको पहिचान भनेकै हिन्दु धर्म संस्कृति हो । जनआन्दोलनका बेला पनि धर्मनिरपेक्षताको माग भएको होइन ।यसबारे बहस पनि भएन । नेताहरू नै भन्छन्, कसले गर्यो,  हामीलाई थाहा छैन ।

उनले थपे, अब जसले हाम्रो विचार स्वीकार्छ, त्यही सभापति हुन्छ । शेरबहादुर देउवाले धर्मनिरपेक्षता अनिवार्य भन्नुभएको छैन । उहाँले नै त्यो विचार बोक्नुहुन्छ भन्ने विश्वास छ । महाधिवेशनमा हिन्दुराष्ट्रको अभियान चर्काउने उनले दाबी गरे ।

चौंधौं महाधिवेशनमा नयाँ विचार सहित नेतृत्व आउने नेता भण्डारीको भनाइ थियो ।आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारबारे छलफल हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्