Logo

कांग्रेसको १४औं महाधिवेशन : गृहमन्त्री खाँणले महामन्त्रीमा उम्मेद्धवारी दिने, देउवाले दिए ग्रिन–सिग्नल



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने भएका छन् । यसको लागि उनले सम्पूर्ण तयारी गरिसकेका छन् । उनीनिकट स्रोतकाअनुसार पार्टी सभापति एवम् १४औं महाधिवेशनमा पनि सभापतिमा उम्मेद्धवाी दिने घोषणा गरेका शेरबहादुर देउवाकै आग्रहअनुसार खाँणले यसपटक महामन्त्रीमा उम्मेद्धवारी दिन लागेका हुन् ।

गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि उनले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा भैरहेको अवस्थामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले नै आफ्नै टिमबाट महामन्त्रीमा उठ्न भनेपछि उनी यसकोलागि सबै तयारीका साथ अघि बढेका छन् । देशभरिका नेता तथा कार्यकर्ताले यसपटक खाँणलाई महामन्त्रीमा उठ्नको लागि दबाब पनि दिईरहेका छन् । खाँणले पनि आफ्नो देशदौडाह अभियानलाई तिव्रता दिएका छन् ।

खाँणले लामो समयदेखि सभापति देउवालाई साथ दिँदै आएका छन् । उनी पछिल्लो समय देउवाको अत्यन्तै निकट छन् र विश्वासपात्रको रुपमा परिचित छन् । लडाकु स्वभावका खाँण पार्टीभित्र मात्र नभएर सत्तापक्षीय गठबन्धनमा पनि सबैलाई मिलाउन सक्ने नेताको रुपमा चिनिएका छन् ।

उनले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम गरिने सार्वजनिक रुपमै भन्दै आएका छन् । र, यसको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग नियमित भेटघाट समेत गरिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्