Logo

एमाले महाधिवेशन : पदाधिकारी थपेर सहमतिको प्रयास, भीम रावल अध्यक्षको उम्मेद्धवारबाट ब्याक नहुने



चितवन, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन् । ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक–एक, उपाध्यक्ष छ, महासचिव एक उपमहासचिव तीन र सचिव सात हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।

आज बिहान १० बजे बन्दसत्र सुरु गर्ने र सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबबाट शुभकामना लिइने जनाइको छ । आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ ।

तर, भीम रावलले भने पदाधिकारीको संख्या थप्दैमा आफू अध्यक्ष पदबाट ब्याक नहुने बताईसकेका छन् । उनले आफूले उम्मेद्धवारी दर्ता गराउने प्रतिक्रिया पत्रकार ऋषि धमलासँगको कुराकानीमा दोहोर्याए ।



प्रतिक्रिया दिनुहोस्