काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेद्धवारीमा बालकृष्ण खाँड प्रस्तावक र कृष्ण सिटौला समर्थक रहेका छन् ।
देउवा दलबलसहित उम्मेद्धवारी दिन राष्ट्रियसभा गृह पुगेका थिए । उनको समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेद्धवारी दर्ता गराएका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेद्धवारी दर्ता गराएका छन् ।
संस्थापन समूहबाट आठजनाको टुंगो लागेको छ । जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम