Logo

डब्लूएचओले भन्यो- ओमिक्रोनले खोपको प्रभावकारिता घटायाे



एजेन्सी, २७ मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। भेरियन्ट डब्लूएचओले आइतबार उक्त विषयको जानकारी गराएको हो । यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो।

तर, करिब दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ। नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन्।

डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ। सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ। ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकी देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्