Logo

कांग्रेस १४औँ महाधिवेशन : राष्ट्रियसभा गृहमा रोकिएको मतदान पुनः सुरु



काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु भएको छ। मतपत्र सकिएपछि केही समयका लागि मतदान रोकिएको निर्वाचन समितिले जनाएको थियो।

तर, समितिका अनुसार अहिले मतदान सुरु भइसकेको छ। भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान निरन्तर जारी छ । अहिलेसम्म १४ सय ५० मत खसिसकेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुन लागेको हो।

 

‘मतपत्र सकिएपछि राष्ट्रिय सभागृहको केन्द्रमा मतदान रोकियो’



प्रतिक्रिया दिनुहोस्