Logo

बालकृष्ण खाँणको सक्रियतामा दोस्रो चरणको निर्वाचनमा देउवालाई सिंह र निधिको समर्थन



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेनमा सभापतिको लागि भएको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणमा निर्वाचनमा हुँदैछ। सभापतिको लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ। दोस्रो चरणको निर्वाचनमा यसअघि सभापतिका उम्मेद्धवार प्रकाशमान सिंह (३७१) र विमलेन्द्र निधि (२५०) र कल्याण कुमार गुरुङ (२२) ले शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

देउवालाई सभापति बनाउनको लागि ठूलो त्याग गरेका बालकृष्ण खाँणको सक्रियताको कारण दोस्रो चरणको निर्वाचनमा सभापतिमा सिंह र निधिले देउवालाई सघाउने निधो गरेको पाईएको छ । देउवा सिंह र निधिलाई भेट्न जानुअघि नै खाँणले सहमतिको वातावरण बनाएको उच्चस्रोतको दाबी छ । सिंहलाई भेट्न खाँण आज विहानै चाक्सीबारी पुगेका थिए । उनी पूर्वमन्त्री बलबहादुर बलायरलाई लिएर सिंह निवास पुगेका थिए । उक्त भेटवार्तामा सिंहसँग खाँणले लामो कुराकानी गरेका थिए ।

खाँणले नै कन्भिन्स गरेपछि सभापतिको लागि अब हुने दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई समर्थन लागेको बुझिएको छ । सिंहले अघि सारेका मागहरु पूरा गराउनको लागि आफूले पनि सभापतिलाई कन्भिन्स गराउने खाँणले वचन दिएका छन् । सिंह भेटेलगत्तै खाँण निधिलाई भेट्न बानेश्वस्थित् उनको निवास पुगेका थिए । निधिलाई पनि देउवाको पक्षमा समर्थन गराउन सहमत गराएपछि खाँण बाहिरिएका थिए ।

लगत्तै देउवा सिंह र निधिको निवासमा पुगेर भेटवार्ता गरेका थिए । यसपटक देउवा प्यानलबाट महामन्त्रीका दाबेदार रहेका खाँणले सभापतिमा दोहोरिने देउवाको आकांक्षाका कारण टिम व्यवस्थापन गर्नुपरेकोले केन्द्रीय सदस्यमै चित्त बुझाएका छन् । उनले सार्वजनिक रुपमै आफू के पदमा उठ्ने भन्दापनि पार्टीको हित र मुलुकको राजनीतिक अवस्था हेरेरेर निर्णयमा पुगेको भन्दै कांग्रेसलाई एकताबद्ध र बलियो बनाउनको लागि सभापतिमा देउवालाई जिताउन आवश्यक रहेको उनको भनाई रहँदै आएको छ । file photo



प्रतिक्रिया दिनुहोस्