Logo

ओमिक्रन कोरोना भाइरस झन् फैलियो, यूरोपमा बढी प्रभाव



एजेन्सी, ३ पौष । विश्वभर कोरोना भाइरसको ओमिक्रन प्रजाति द्रुत गतिमा फैलिइरहेको छ । विशेषगरी यूरोपमा भाइरस अत्याधिक फैलिएको छ ।

ओमिक्रनका हजारौं संक्रमित पत्ता लागेपछि यूरोपेली देशहरु सतर्क भएका छन् । फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले ओमिक्रन प्रकाश फैलिएको जस्तै गतिमा फैलिएको भन्दै खतरा औल्याएका छन् । फ्रान्सले बेलायतबाट प्रवेश कडाई गरेको छ ।

बेलायतमा शुक्रबार मात्र १५ हजार ओमिक्रन संक्रमित पत्ता लागेका छन् । यूरोपमा अहिलेसम्म ९ करोड जति कोरोना संक्रमित पत्ता लागिसकेका छन् । यूरोपभर कोरोना भाइरुसबाट १५ लाखको मृत्यु भइसकेको छ ।

यूरोपमा कोरोना भाइरस निकै फैलिएपछि जर्मनी, आइरल्यान्ड, नेदरल्यान्ड जस्ता देशहरुले कडाई गरेका छन् ।

फुटबल क्लबहरु ओमिक्रन फैलिएपछि सतर्क बनेका छन् । उनीहरुले लिगबारे कडा निर्णय लिने तयारी गरेका छन् ।

ओमिक्रनको संक्रमित विश्वका अधिकांश देशमा देखिएका छन् । यो विगतको कोरोना भाइरसको प्रजाति भन्दा बढी खतरनाक देखिएको छ । अहिले प्रयोगमा आएको कोरोनाविरुद्धको खोप पनि विगतभन्दा कम प्रभावकारी देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्