काठमाडौं, पुस ७ । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयका सुचना अनुसार दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । मंगलबार बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अवरोधकै बीचमा दुई अध्यादेश स्वीकृत भएका छन् ।
‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८’ लाई मंगलबार बसेको बैठकबाट बहुमतले स्वीकृत गरेको छ ।
उक्त दुवै अध्यादेशको प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले छुट्टाछुट्टै प्रस्तुत गरेका थिए ।