Logo

एकैदिन फ्रान्समा १ लाख कोरोना संक्रमित थप, ८४ जनाको निधन



काठमाडौं, ११ पुस । कोरोना भाइरसको संक्रमण फेरी एकपटक युरोपमा तिव्ररुपमा फैलिरहेको छ । ब्रिटेनपछि फ्रान्समा कोरोनाको नयाँ लहर भेटिएकोछ । फ्रान्समा शनिबार एकैदिनमा १ लाख ४ हजार ६ सय ११ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार फ्रान्समा ९४ हजार १२४ जना नयाँ संक्रमित थपिएका थिए । यसैगरी शनिबार मात्र ८४ जनाको मृत्यु भएको छ ।

फ्रान्स कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन)को लागि निकै जिम्मेवार मानिएको छ । एकैदिन त्यत्ति धेरै मानिसहरु संक्रमित भएपछि अस्पताललाई पनि दबाब बढेको छ । संक्रमित हुनेहरुमा धेरै कोरोना खोप नलगाएका छन् ।

हाल १६ हजार भन्दा बढी मानिसहरु अस्पतालमा उपचाररत छन् । यी मध्ये ३३ सय जना गम्भिर अवस्थामा उपचार भैरहेको छ । हालसम्म फ्रान्समा १ लाख २२ हजार ५ सय भन्दा बढी मानिसहरुको मृत्यृ भइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्