काठमाडौं १५ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघ १५ गतेबाट राष्ट्रिय महिला लिग फुटबल आयोजना गर्ने भएको छ ।
१५ माघबाट सुरु हुने लिगको पहिलो राउण्ड सकिएपछि १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने बताइएको छ ।
‘महिला लिगमा आठ क्लबको सहभागीता रहने एन्फाले जानकारी दिएको छ ।
लिगमा विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको साथै, विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबको समेत सहभागिता रहने छ ।