Logo

रुसमाथि प्रतिबन्ध लगाए अमेरिकासँग सम्बन्ध तोड्ने पुटिनको चेतावनी



एजेन्सी, १६ पुस। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने स्पष्ट पारे ।

रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दाबढी फौज तैनाथ गरेको छ । सो फौज अतिक्रमण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाई छ । युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । पुटिन र बाइडेनबीच शुक्रबार विहान टेलिफोन वार्ता भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्