काठमाडौं, १४ माघ । सरकारले यातायातका विभिन्न साधनमा जोर-बिजोर हटाउने निर्णय गरेको छ । आज उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले निजी सवारी साधन र ट्याक्सीबाहेकका सवारी साधनका जोड-बिजोर हटाउने निर्णय गर्दै आदेश समेत जारी गरेका छन् ।
जोर-बिजोर कायमै रहेकामा दुई पाङ्ग्रेसहित निजी सवारी साधन र ट्याक्सी मात्र छन् । अन्य सार्वजनिक साधनमा भने जोर बिजोर हटाइएको छ ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र यातायात सञ्चालन गर्न भनिएको छ ।