काठमाडौं, २३ माघ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले आरबी लाइपजिगमाथि रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १२औं मिनेटमा बार्यनका थोमस मुलरले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २७औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइपजिगलाई १–१ गोलको बराबरीमा फर्काए ।
४४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए ।
साथै, ५३औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइपजिगलाई २–२ को बराबरीमा ल्याएका थिए ।
तर, खेलको ५८औं मिनेटमा लाइपजिगका जोस्कोले आत्मघाती गोल गरेपछि बायर्न ३–२ गोल अन्तरले जितेको हो ।
यस जितसँगै बायर्नले २१ खेलमा ५२ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ ।
यस्तै, लाइपजिग ३१ अंकका साथ सातौं स्थानमा छ ।