काठमाडौं, २५ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन आज (मंगलबार) ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले भर्चुअल माध्यम मार्फत मंगलबार नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर भर्चुअल माध्यममार्फत बिदाई गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
कार्यक्रममा मन्त्री अथक, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले खेलाडीहरुलाई जितका लागि शुभकामना दिएका थिए ।