Logo

कांग्रेसको चुनाव प्रचारप्रसारको लागि नेपाल सांस्कृतिक संघद्वारा जनताको घरआँगनमा जाने घोषणा, कांग्रेसलाई पहिलो दल बनाउने



काठमाडौं, २६ माघ । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो ।

संघले चैत्र मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्धारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरुमा सहभागिता जनाउने संकल्प र निर्णयपनि गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुद पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताए । उनले भने,‘देशलाई संरक्षण गर्नसक्ने बलियो आधार भएको पार्टी, जसले इतिहास बनाएको छ, जसले परिवर्तनका धेरै फड्कोहरु पार गरेको छ । पार्टीले देश विकासका धेरै निर्माण गरेको छ । कांग्रेसको विकल्प छैन् ।’

कांग्रेसबिना यो मुलुकको समृद्धि र पुर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गरे । नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उनको दाबी छ । उनले कांगे्रसलाई भोट दिएर जिताउन सकेमामात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गरे । उनले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

सभापति थापाले नेपालमा कला, संस्कृतिको धेरै महत्व रहेको उल्लेख गर्दै गीतको भाषामार्फत कांग्रेसको योगदान र अबको आवश्यकत्ताबारे जनतासमक्ष पु¥याउने पनि जनाए । सबै प्रदेशमा फागुनभित्रमा रहेका कलाकारहरुलाई प्रशीक्षण दिने कार्यक्रम तय गरेको पनि उनले सुनाए ।

सांस्कृतिक संघले कांगे्रसलाई आगामी निर्वाचनमा मजबुद बनाउन पालिका, जिल्ला र प्रदेशमा पनि संगठन/संरचना विस्तार गर्न लागिएको उनको भनाई थियो । सातै प्रदेशका सबै जिल्लाहरुको पालिकाहरुमा (७ सय ५३ पालिका) लाई चैत्र मसान्तसम्म संगठन विस्तार गरेर तीनै तहको निर्वाचन केन्द्रीत कांग्रेसको प्रचारप्रसारको जिम्मेवारी दिनेपनि बताए ।

उनले भने,‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउनको लागि सांस्कृतिक कार्यक्रम तय गर्न खोजेको हौं ।’ सबै विधाका कलाकारहरुलाई केन्द्रीय समितिमा समेटेको पनि उनले विश्वास दिलाए । आफुहरुले कांग्रेसलाई शसक्त र मजबुद बनाउन चाहेको पनि उनले स्पष्ट पारे ।

सबैभन्दा ठुलो कुरा लोकतन्त्र हो भन्दै उनले लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । उनले भने,‘कांग्रेसले मुलुकमा धेरै काम गरेको छ, तर आफूले गरेको काम बाहिर देखाउँदैन् ।’ लोकतन्त्र र कांग्रेसको बारेमा गीत, नाटक र जिंगल्स बनाएर जनतालाई सरल र सहज भाषामा कांग्रेसको आवश्यकत्ताबारे सुचित गराउनेपनि उनले बताए ।

७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको उनले बताए । संघले २ वटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिए । महामन्त्री राजेन्द्र खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  यस्तो छ नेपाल सांस्कृतिक संघले जारी गरेको प्रेस विज्ञप्ती

मिति ः २०७८ माघ २६ गते
प्रेस रिलिज

नेपालमा भएका उल्लेखनिय, ऐतिहासिक, लोकतान्त्रिक आन्दोलन र ती आन्दोलनहरुले ल्याएका परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक जेठो राजनितीक पार्टी नेपाली कांग्रेस, जसले यो राष्ट्रको विकासका लागि, स्वाधिनताका लागि, अन्तराष्ट्रिय सम्बन्ध सुदृढिकरणका लागि महत्वपूर्ण भूमिका खेलेको कुरा म यहाँ स्मरण गर्न चाहान्छु । यो गौरवशाली पार्टीको बलियो स्तम्भका रुपमा रहेका ३१वटा भातृ तथा शुभेच्छुक संस्थाहरु मध्ये नेपाल सांस्कृतिक संघ सम्भवत सबैभन्दा कान्छो सुभेच्छुक संस्था हो । यो संघ जस्ले आफ्नो १५ वर्षको अनवरत यात्रामा ७७ वटै जील्लाका सांस्कृतिक संरचना, संगठनात्मक विस्तार सहित १३ वटा विधागत संरचनाको निर्माण गर्दै २ वटा अधिवेसन पनि कुशलतापूर्वक सम्पन्न गरिसकेको छ । यसै क्रममा संघको आगामी तेस्रो महाधिवेशनको अभियानमा यो संघ सक्रिय रहने कुरा पनि स्मरण गर्न चाहान्छु ।

राजनीतिले व्यवस्था परिवर्तन गर्छ, त्यसको कार्यन्वयनमा सांस्कृतिक क्षेत्रले सफल तुल्याउछ । जून मुलुकमा सांस्कृतिक क्षेत्रमा लगानी भएको हुन्छ ती मुलुकहरु संमृद्ध, सुसंस्कृत, सभ्य र विकसित भएको कुरा ठहरिएको छ ।

                                                                         आदरणीय पत्रकार साथीहरु,
हामी समग्र श्रष्टा, संस्कृतिकर्मी, सम्मान, सुरक्षा र पहिचान स्थापित गर्न एउटा शसक्त लोकतान्त्रिक पार्टी जो नेपालमा स्थापित छ, जसले मुलुकका हरेक समस्याका समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ, त्यो ऐतिहासिक पार्टी नेपाली कांग्रेसको सुभेच्छुक संस्थाका रुपमा रहेको यो संघ निरन्तर क्रियाशील रहदै नेपाली कांग्रेसका हरेक क्रियाकलापहरु, योगदान, दूरदर्शी सोचसहित नेपाली जनता समक्ष सरल र सहज माध्यमबाट सुसुचित गर्ने हाम्रो अभियान यहाँहरुका अगाडि प्रकास पार्न चाहान्छु ।

                                                                        आदरणीय पत्रकार साथीहरु
नेपाल सांस्कृतिक संघको तेस्रो महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने अभियान सहित देशैभर छरिएर रहेका लोकतन्त्रबादी श्रष्टा, संस्कृतिकर्मीहरुलाई आगामी सबै तहका निर्वाचनमा सक्रीय र शसक्त रुपमा परिचालन गरि नेपाली कांग्रेसलाई अत्याधिक मतबाट विजयी गराउन गीत, संगीत, कविता, नाटक, प्रहशन, नृत्य लगायत लोकप्रिय सञ्चार माध्यमद्धारा प्रचार प्रसार गर्न कटिबद्ध भएको कुरा जाहेर गर्न चाहान्छु । यसै गरि आगामी ३वटै तहको निर्वाचनमा संघको तर्फबाट केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई शसक्त रुपमा सक्रिय बनाई परिचालन गर्ने र नेपाली कांग्रेस पार्टीलाई सबै तहका निर्वाचनमा दुई तिहाई वा अत्याधिक बहुमत दिलाउन प्रचार प्रसार एवम् सांस्कृतिक कार्यक्रम सहित जनताको घर आगनमा पुग्ने अठोट गरेका छौं ।
स्मरण रहोस्, यो संघको शसक्त भुमिका सम्पन्न गर्न देशका ७५३ वटै पालिकाहरुमा आगामी २०७८ चैत्र मसान्तभित्र समग्र संगठनात्मक संरचना निर्माण गरि सोही संगठनहरुद्धारा स्थानिय, प्रदेश र संघका निर्वाचनहरुमा सहभागिता जनाउने हाम्रो संकल्प र निर्णय सहितको रणनीति रहेको ब्यहोरा पनि अनुरोध गर्दछु ।

जय नेपाल
तीर्थ बहादुर थापा
सभापति

 

 



प्रतिक्रिया दिनुहोस्