Logo

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित



२७ माघ : रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार त्यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ ।

त्यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन त्यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् ।

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । त्यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ ।
त्यसैगरी त्यहाँको सरकारले बताए अनुसार त्यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ ।

यो समेतगरी त्यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ । सरकारले सतर्कता अपनाएको छ तर संक्रमितहरु भने बढ्दो रुपमा रहेको पाइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्