काठमाडौं, १ फागुन । निर्वाचन आयोगले आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ । निर्वाचनको अघिल्लो दिन (बैशाख २९ गते)सम्म १८ वर्ष पुग्ने मतदाताले मतदान गर्न पाउने पाउने निर्णय आयोगले गरेको हो ।
वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउने भएपछि करीब २ लाख युवा मतदाता थपिने आयोगको भनाई छ । हालसम्म १ करोड ७९ लाख मतदाताको रजिष्टर भएको छ ।
निर्वाचन घोषणा भएको मितिलाई कटअफ डेट मानेर निर्वाचनमा सहभागी गराउने गरेको भएपनि निर्वाचन नहुँदासम्मको अवधिमा उमेर पुगेकाले मतदाताहरुले चुनावमा भाग लिन पाउदैनथिए । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि मिति घोषणा गरेको छ ।