काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक डाकेका छन् । उनले डाकेको सर्वदलीय बैठक नेकपा एमालेले भने बहिष्कार गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद सुनिल प्रजापती, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, काँग्रेसकी सचेतक पुष्पा भुषाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ र सचेतक देव गुरुङ, नेकपा एसका सचेतक जीवनराम श्रेष्ठलगायत सहभागी छन् । माओवादी नेता देव गुरुङलगायत सहभागी छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थिति पछि बैठक डाकिएको हो । सभामुखले संसदमा एमालेको अवरोध हटाउनेबारे पनि छलफल केन्द्रित गरेका छन् ।