Logo

प्रतिनिधिसभाको बैठक आज, एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुँदै



काठमाडौं, फागुन ४ । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना रहेको छ ।

नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ र सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने सम्भावना बलियो देखिएको हो ।

संसद्बाट एमसीसी सम्झौता पारित हुन दलीय सहमति भने जुट्न सकेको छैन । नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्ने निर्णय लिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले ठोस निर्णय लिएका छैनन् । तर, यी दुवै दलले एमसीसीसहितका विषयमा छलफल गर्न आज संसदीय दल बैठक डाकेका छन् ।

संशोधनविना अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका यी दलहरूले अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाए संसद्मा टेबल हुन दिने तर अनुमोदनका पक्षमा मत नदिने सम्भावना बलियो छ । तर, सम्झौता पारित नभए सरकारमाथि नैतिक संकट पर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्