काठमाडौं, ५ फागुन । पोखराको सेती नदीको खोचमा एकजना पुरुष खसे । ४ फागुनमा टुटुङ्गास्थित सेती नदीको खोचमा खसेका पुरुष ६० मिटर तल थिए ।
झालमा अड्किएर उनी धेरै तल पुग्न पाएका थिएनन् । यो सूचना पाएर नेपाली सेनाको महावीर गणबाट टोली नै खटियो ।
जटिल र भिरालो ठाउँमा सैनिकहरु डोरी लगाएर झरे । ती व्यक्तिको जिवितै उद्धार गरे ।