Logo

युक्रेनी पूर्वराष्ट्रपतिले पुटिनलाई आधुनिक युगका ‘हिटलर’ भनेपछि…



एजेन्सी, १२ फागुन। युक्रेनका पूर्वराष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको आराेप लगाएका छन् । रुससँगको तनावबारे युक्रेनको राजधानी किभमा अहिले सांसदहरूको आपत्कालीन बैठक चलिरहेको छ । बैठकमा सहभागी हुन जाँदै गर्दा पूर्वराष्ट्रपति पोरोशेन्कोले संसदबाहिर पत्रकारहरूलाई पुटिन आधुनिक युगका ‘हिटलर’ भनेका हुन् ।

उनले आजको दिन दुःखद भएको तर जित युक्रेनको हुने दाबी गरेका छन् । पोरोशेन्को सन् २०१४–१९ सम्म युक्रेनका राष्ट्रपति थिए । अहिले संसदमा तनावपूर्ण अवस्था रहेको युक्रेनका एक पत्रकारले बताएका बीबीसीले उल्लेख गरेको छ ।

आज (बिहीबार) बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । उक्त घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको छ । रुसी आक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गएको युक्रेनले जानकारी दिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्