Logo

इंग्लिस प्रिमियर लिगः नर्विच सिटीमाथि साउथह्याम्पटनको जित



काठमाडौं, १४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीमाथि सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३६औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८८औं मिनेटमा रोमेउले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

यस जितसँगै साउथह्याम्पटनले २६ खेलमा ३५ अंक जोड्दै नवौं स्थानमा रहेको छ ।

नर्विच १७ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्