काठमाडौं, १४ फागुन । पूर्वमुख्यसचिव लिलामणि पौडेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको भन्दै दिएको अभिव्यक्तिप्रति क्षमाचाचना मागेका छन् । उनले आज ट्वीटरमा दुई पेज लेख्दै क्षमायाचना मागेका हुन् ।
चीनका लागि पूर्वराजदूत समेत रहेका पौडेलले १३ फागुनमा प्रज्ञा भवनमा एमसीसीको वकालत गर्न पैसा बाडिएको भनेपछि आलोचना भएको थियो । उनले दिएको अभिव्यक्तिको भिडियो भाइरल भएको थियो ।
पौडेलले कुलचन्द्र गौतम, रमेश कोइराला, जुगल भुर्तेललगायत बौद्धिक व्यक्तिहरुको नामै लिएर उनीहरुमा पर्न गएको चोटप्रति क्षमा मागेको बताएका छन् । उनले ४८ घन्टा मौनब्रत बस्ने समेत उल्लेख गरेका छन् ।