Logo

२ घण्टा ढिलो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा अहिले प्रचण्डले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्।

तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेता दिनानाथ शर्माले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

तर, पछिल्लो समय संसद्बाट एमसीसी व्याख्यात्मक घोषणासँगै पास भएकोले यो विषयमा केन्द्रीय कमिटीको बैठकमा कुरा उठ्ने बताईएको छ। यसमा नेता नारायणकाजी श्रेष्ठले फरक मत पेश गर्ने बुझिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्