Logo

एमाले अध्यक्ष ओली गृह जिल्लामा



म्याग्दी, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् ।

अहिले केहिबेरमा सालबारीस्थित शहीद स्मृति पार्कमा गएर शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली गर्दै ओली कमल गाउँपालिका-६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् ।

आजभन्दा ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट पाँचजना सहयोद्धा स्मृतिमा श्रद्धान्जली दिन अध्यक्ष केपी शर्मा ओली आजा झापा पुगेका हुन् ।

ओलीले आजै बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश(१ को प्रथम अधिवेशनलाईपनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बिर्तामोडकै डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी बेलुका काठमाडौं फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्