Logo

अमिताभ स्टारर फिल्म ‘झुण्ड’ले २ दिनमा ३ करोड ६० लाख कमायो



एजेन्सी, २३ फागुन । बलिउड अभिनेता अमिताभ बच्चन स्टारर फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज भएको छ । यो बायोग्राफिकल स्पोर्ट्स ड्रामा फिल्मले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले रिलिजको दोस्रो दिन अर्थात शनिबार बक्स अफिसमा २ करोड १० लाखको कलेक्सन गरेको छ ।

यसअघि फिल्मले ओपनिङ डे अर्थात शुक्रबार १ करोड ५० लाख कमाएको थियो । यस अनुसार फिल्मले २ दिनमा अहिलेसम्म ३ करोड ६० लाखको बक्स अफिस कलेक्सन गरेको छ । आइतबार, सोमबार फिल्मको कलेक्सन अझै बढ्ने ट्रेड विश्लेषकको अनुमान छ ।

यो चलचित्रलाई नागराज मञ्जुलेले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभ बच्चन ‘विजय बरसे’ नामक खेलकुद शिक्षकको भूमिकामा छन्, जो रिटायर्ड भइसकेका छन् । तर, बस्तीमा बस्ने बालबालिकालाई फुटबल सिकाउँछन् ।



प्रतिक्रिया दिनुहोस्