काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी आजदेखि प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि एक महिनासम्म सञ्चालन हुने यस अभियानको उद्घाटन गर्दैछन् ।
‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने कांग्रेसको तयारी छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी काँग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्न लागेको हो ।
चैत २९ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसको तयारी छ ।