Logo

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन



काठमाडौं, २९ फागुन : राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएकाे छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।

लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हालै मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।

जनवर्गीय संगठनमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन् । केही दिनभित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्