Logo

मोदीले ‘अपरेशन गँगा’ बारे के भने ?



एजेन्सी, २ चैत्र । भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ । युक्रेनबाट हजारौं भारतीय नागरिक फर्काइएका छन् । त्यस क्रममा भारतले अन्य देशका नागरिकको पनि उद्धार गरेको छ । युक्रेनबाट आफ्ना नागरिक उद्धार गर्ने कार्यलाई अपरेशन गँगा नाम दिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन गंगासँग सम्बन्धितसँग भर्चुअल अन्र्तक्रिया गरेका छन् । उनले १ चैत्रमा गरेको अन्र्तक्रियामा राष्ट्रवादको व्यवहारिक भूमिका र सामाजिक सेवाको भावनाले भारतीय सभ्यताको मान्यताहरुलाई प्रकट गरेको बताए ।

मोदीसँगको अन्र्तक्रियामा भारतको सामाजिक संस्थाहरु, नागरिक समाज र स्वयंसेवी समूहहरु सहभागी थिए । उनले अन्र्तक्रियापछि २३ हजार भारतीयलाई युक्रेनबाट सकुशल उद्धार गरी फर्काइएको बताएका छन् । विदेशमा समस्यामा परेका भारतीयको सुरक्षा र राम्रो अवस्थाको सुनिश्चिततामा प्रतिवद्ध भएको ट्वीटमार्फत् भनेका छन् ।

अन्र्तक्रियामा युक्रेन, पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हँगेरीका रहेका भारतीय समुदाय र निजी संस्थाका प्रतिनिधिहरु सहभागी रहेको एएनआईले जनाएको छ । उनले उद्धारमा भूमिका खेल्ने सबैको प्रशंशा गरे । उनले भारत प्राचीन दर्शन बसुदैव कुटुम्बकमबाट निर्देशित भई अरु देशका नागरिकलाई आपतकालिन अवस्थामा मानवीय सहयोगमा तत्पर हुने गरेको बताएका थिए । उनले युक्रेन र छिमेकी देशका लागि ९० टन मानवीय सहयोग पठाएको जानकारी समेत दिएका थिए ।

अपरेशन गंगाले १४७ विदेशी नागरिकहरुलाई पनि उद्धार गरेको उल्लेख छ । उद्धार गरिएका १८ देशका नागरिकमा नेपाली पनि छन् ।



प्रतिक्रिया दिनुहोस्