काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का (विशिष्ट श्रेणी) चिकित्सक डा. शैल रुपाखेतीले हेल्थको दृष्टिकोणले प्रधानमन्त्री शेरबहादुर देउवा धेरै नै स्ट्रङ रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा सरिक डा. रुपाखेतीले प्राइम टीभीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्रीको स्वास्थ्य एकदमै राम्रो रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ, हि ईज झेरी फिट । कहिलेकाहीँ त मलाई के लाग्छ भने उहाँ हामीभन्दा पनि धेरै नै फिट हुनुहुन्छ । लामो समयसम्म काम गर्नुहुन्छ, हि ईज भेरी स्ट्रङ ।’ उनले क्लबले लोकतान्त्रिक आन्दोलनमा महत्व्पूर्ण भूमिका खेलेको पनि स्मरण गराए । उनले भने,‘क्लब सबैको लागि महत्वपूर्ण प्लेटफर्म हो । यो वार्षिकोत्सवमा आउन पाउँदा म निकै खुशी छु ।’
https://www.facebook.com/RishiDhamalaOfficial/videos/442054044358996