काठमाडौं, चैत्र २० । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि द्धब् टेलिभिजन जित्न सक्नेछन् ।
शाओमीको अनुसार प्रिमियम प्राइस सेग्मेन्टमा नयाँँ टिभि किन्न चाहने उपभोक्ताहरुको लागि बजारमा यो भन्दा राम्रो विकल्प हो । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले “मि मा डबल मज्जा” अफर ल्याएको हो ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि द्धब् टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभिमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्ने जनाइएको छ ।
साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभि हेर्दा पनि अरु टिभिमा भन्दा ४०% बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभि किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभि किने पनि ठुलो टिभिमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मुल्य रु. २९,९०० देखि १,०९,९९ सम्म रहेको छ ।
यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुनेछ ।