काठमाडौं, ३ बैशाख । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरको उम्मेद्धवार चयन गर्ने विषयमा छलफल भैरहेको छ ।
यसअघि सत्तारुढ गठबन्धनको बैठकमा महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने निर्णय भएको थियो ।
सोहीअनुसार काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
कांग्रेसमा चुनावी तालमेलबारे दुई थरि विचार आएका छन् ।
सभापति शेरबहादुर देउवाले चुनावी तालमेल आवश्यक रहेको बताएका छन् ।
तर, शेखर कोइराला समूहले भने कुनैपनि हालतमा कांग्रेसले तालमेल गर्न नहुने धारणा राखेका छन् ।
उनीहरुले तालमेलसम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिनुपर्ने बताउँदै आएका छन् ।
file photo