काठमाडौं, १२ बैशाख । काठमाडौं महानगरको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले उम्मेद्धवारी दर्ता गराएकी छिन् ।
उनी केही पहिलेभन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी थिईन् ।
सिंह दलबलसहित राष्ट्रियसभा गृह पुगेकी हुन् ।
उनका पति प्रकाशमान सिंह पनि जुलुशमा सहभागी थिए ।
उनको जुलुशमा सहभागीहरुले बोकेको ब्यानरमा ‘काठमाडौंका जन जनको चाहना, यसपालि मेयरमा दिदी सिर्जना’ नारा लेखिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम