Logo

भ्रातृ संघ-संस्थाहरुको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन



काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसले महाधिवेशनको तयारीमा रहेका भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ।

भातृ संस्थाहरुको पूर्व निर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्र्दभिक र सम्भव नदेखिएको भन्दै स्थागित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएको पार्टीले जारीगरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन पार्टीका सम्पूर्ण सांगठनिक संरचनाहरु, भ्रातृ संघहरु, शुभेच्छुक संस्थाहरु लगायत विदेशस्थित जनसम्पर्क समितिहरु समेत क्रियाशील रही रहेको सन्दर्भमा, पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरु स्थानीय तह निर्वाचन परिचालन तथा प्रचार प्रसार लगायतका कार्यमा क्रियाशील रहेकोले केही भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुको पूर्व निर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्र्दभिक र सम्भव नदेखिएकोले,पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाहरुको अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक वसी अधिवेशन÷महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ ।’-मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

साथै, पार्टीले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन सक्रिय रहन पनि आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्